असोज २३, काठमाडौं । एक पूर्वसहकर्मी महिलाले दुर्व्यवहारको आरोप लगाएपछि पत्रकार प्रशान्त झाले ‘हिन्दूस्तान टाइम्स’ को ब्यूरो चिफ र राजनीतिक सम्पादकको पदबाट राजीनामा दिएका छन् ।
व्यवस्थापनले दवाब दिएपछि उनले राजीनामा दिनु परेको हो। राजीनामापत्रमा झाले लेखेका छन्, ‘हालै मेरो व्यक्तिगत आचरणमाथि विशिष्टखालका आरोपहरु लागेका छन् जसले मेरो आचरणमा नैतिक प्रश्न उठेको छ । यसले संस्थाकै छवि धुमिल नहोस् भनेर राजीनामा दिएको छु ।’
उनले काठमाडौं पोष्ट र नेपाली टाइम्समा नियमित स्तम्भ लेख्ने गर्थे । पछि उनी दिल्ली गए र भारतको ‘द हिन्दू’ को नेपाल संवाददाता भए । त्यसपछि केन्द्रीय ब्यूरोमा रहेर काम गरे । ‘द हिन्दू’ छाडेर उनी ‘द हिन्दूस्तान टाइम्स’मा जोडिए । यसअघि उनी ‘द हिदूस्तान टाइम्स’को एसोसिएट एडिटर थिए ।
प्रतिक्रिया दिनुहोस्