असोज २३, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीले यस वर्षको दशैँ, नेपाल संवत्, दीपावली, छठलगायत चाडपर्वका अवसरमा कात्तिक १० गते शनिबार काठमाडौँको भृकुटीमण्डपमा चियापान गर्ने भएको छ ।
आज पार्टी केन्द्रीय कार्यालय धुमबाराहीमा आयोजित बैठकमा व्यवस्थापन र तयारीमा लाग्न पार्टीको प्रदेश नं ३ कमिटी, उपत्यकास्थित कमिटी र जनसङ्गठनलाई परिचालन गर्ने निर्णय गरेको जनाएको छ ।
गत जेठ ३ गते दुई पार्टीको एकतापछि पहिलोपटक चियापन कार्यक्रम आयोजना हुन लागेको हो ।










प्रतिक्रिया दिनुहोस्