समाचार

काँकडभित्ताबाट बर्दिबास हुँदै रामेछाप आएको रात्रीबसमा ३ जना बेहोस



असोज २४, काठमाडौं ।  काँकडभित्ताबाट बर्दिबास हुँदै रामेछापको मन्थली आएको रात्रिबसमा ३ जना यात्री बेहोस  फेला परेका छन् ।

 ना ६ ख २५३३ नम्बरको बसमा दोलखा वैतेश्वर गाउँपालिका ५ का ३ जना बेहोस भएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

 पर्नेमा वैतेश्वर ५ का बर्ष ६५ का शम्भु दाहाल, ३८ बर्षका शम्भु क्षेत्री र वर्ष २२ का मनिष थामी रहेको छ । उनिहरुको मन्थलीस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दसैं तिहार मनाउन घर आउदै गरेका उनीहरुको साथबाट ५० हजार नगद लुटपाट गरेको हुनसक्ने आशंका गरिएको छ । बसका चालक र सहचालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ