असोज २५, बुटवल । रुपन्देहीमा १६ वर्षीया किशोरीको सामुहिक बलात्कारमा अभियोगमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रुपन्देही देवदह नगरपालिका- १० का ३५ वर्षाीय उदय थापा र वुटवल उपमहानगरपालिका-७ का २६ वर्षीय कृष्ण थापा रहेका छन ।
उनीहरूले बुटवलमा चलिरहेको मेला घुमेपछि नजिकै रहेको शिबनगर जंगलमा मोटरसाइकलमा पुर्याएर सामुहिक बलात्कार गरेको पीडित किशोरीले बताएको छ ।
घटनास्थलबाट ४ थान कण्डम, फुटेका चुरा समेत बरादम भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्