असोज २६, काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना कसैको भनसुन, आफन्तवाद तथा निकटताको प्रभावमा नपर्ने बताउनुभएको छ ।
बिहीबार सैनिक जंगी अड्डा भद्रकालीमा पत्रकार सम्मेलन गरी उहाँले सेनाले संविधान विरोधी विखण्डनबादी तत्वहरुको गतिविधिलाई सूक्ष्म ढंगले नियाली रहेको जानकारी गराउनुभयो । उहाँले नेपाली सेना राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता सुनिश्चित गर्नु नेपाली सेनाको कर्तव्य भएको बताउनुभयो ।
प्रधानसेनापति थापाले राष्ट्र निर्माण र विपद् व्यवस्थापनमा नेपाली सेनाले खेल्दै आएको भूमिका आगामी दिनमा अझै विश्वसनीय बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । थापाले नेपाली सेनालाई वर्तमान र भविष्यको जिम्मेवारी पूरा गर्न सक्ने गरी सुदृढ, सक्षम र सफल संगठनको रुपमा स्थापित गराउन आफू लागि परेको पनि स्मरण गराउनु भयो ।










प्रतिक्रिया दिनुहोस्