ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सरकारले समृद्धि हासिल गर्ने ठूला योजना अघि सारेको देखेर खिल्ली उडाउने हरु छक्क पर्ने अवस्था आउने बताएका छन् । नागरिक दैनिकले यो खबर छापेको छ ।
ओखलढुङ्गाको चम्पादेवीमा ‘मिसन मालिङ्गे भिजन २१००’ को आज उद्घाटन गर्दै मन्त्री पुनले वर्तमान सरकार जनताको चाहनाअनुसार काम गरिरहेको दाबी पनि गरे।
उनले प्रधानमन्त्रीले रेलका कुरा गर्दा खिल्ली उडाउनेले नेपालमा दुई वर्ष भत्रै रेल चड्न पाउने आश्वासन पनि दिए। ‘ठूला र आवश्यकता देखिएका योजनाहरु सरकारले अघि सारेको देखेर खिल्ली उडाउनेहरु छक्क पर्न अब बेर लाग्दैन,’ मन्त्री पुनले भने, ‘अबको केही वर्षमा नेपाल समृद्ध मुलुक बन्नेछ, विद्युत् र पर्यटनमा प्रगति गर्नेछ र कृषिमा आधुनिकीकरणसँगै आत्मनिर्भर बन्नेछ।’










प्रतिक्रिया दिनुहोस्