Banner News

गलत स्वार्थ र नीति विपद् घटनाका मुख्य कारण : गृहमन्त्री थापा



असोज २८, काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले मानवीय कमजोरी, गलत स्वार्थ र नीतिका कारण विपद् घटनाका मुख्य कारण भएको बताउनुभएको छ ।

प्रकोप न्यूनीकरणको लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा गृहमन्त्रालय तथा नेपाल भौगर्भिक समाजलगायत संस्थाको सहकार्यमा आयोजित कार्यक्रममा उहाँले सीमित स्रोत साधनका बाबजुद पनि विपद् व्यवस्थापन तथा न्यूनीकरणमा मन्त्रालय लागिपरेको बताउनुभयो । मानवनिर्मित विपद् जोखिम न्यूनीकरणका लागि स्वयं नागरिकहरू सचेत भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भननुभयो “विपद् व्यवस्थापनको क्षेत्रमा सरकारले बढीभन्दा बढी लगानी गर्नुपर्ने आवश्यकता छ, यसमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका र सक्रियता रहेको हुन्छ ।’