असोज २८, नवलपरासी । खानेपानी तथा सरसफाइमन्त्री विना मगरले देवचुली नगरपालिका–१६ मा शुरु हुनलागेको रजहर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको ओभरहेड ट्याङ्कीको एक कार्यक्रमका बीच शिलान्यास गर्नुभयो ।
मन्त्री मगरले शनिबार दिनभर पूर्वी नवलपरासीका विभिन्न खानेपानी आयोजनाको अनुगमन गर्नुभएको छ । गैँडाकोट नगरपालिका–१४ मा रहेको नगरटाँडी पुरानो गाहाटाँडीको खानेपानीकोे अवस्थाका बारेमा जानकारी लिनुभयो । अनुगमनको क्रममा मन्त्री मगरलाई स्थानीय गाहाटाँडीवासीले यस क्षेत्रमा खानेपानी, सिँचाइ, विद्युत्, स्वास्थ्य र शिक्षालगायत मौलिक हकबाट आफूहरू बञ्चित हुनुपरेको दुःखेसो पोखेका थिए ।
उहाँले नगरटाँडी, गाहाँटाडी, तारानगरको सालघारी र भागरसहित यस क्षेत्रको खानेपानीको समस्या स्थलगत रूपमै आफूले महसुस गरेको भन्दै यहाँको डिपीआरका लागि तुरुन्तै सघाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मन्त्री मगरले कावासोती नगरपालिका–१६ मा रहेको अग्यौली खानेपानी तथा सरसफाइ संस्थाको अनुगमनका क्रममा छोटो समयमा खानेपानीले गरेको प्रगतिप्रति सन्तोष व्यक्त गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्