असोज २९, काठमाडौँ । सर्वसाधारण्लालाई विशेष ध्यानमा राख्दै नेपाली सेनाले विजया दशमी (कात्तिक २ गते)को दिन निःशुल्क बस सञ्चालन गर्ने भएको छ ।
रुट निम्न अनुसार रहेका छन्,
- भद्रकाली, माइतीघर, बानेश्वर, तिनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली,
- भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तिनकुने, बानेश्वर, शहिदगेट,
- भद्रकाली, माइतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, कीर्तिपुर, कलङ्की, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क,
- भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानीलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माइतीघर,
- भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली,
- भद्रकाली, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामङ्गल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माईतीघर, द्रकाली,
- भद्रकाली, माइतीघर, कोटेश्वर, सातदोबाटो, कलङ्की, बालाजु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली ।
विजया दशमी २०७५ को उपलक्ष्यमा घर बिदामा जाने नेपाली सेना र आश्रित परिवारहरुको हितको लागि नेपाली सेनाले मिति २०७५ असोज २५ गतेबाट ३१ गतेसम्म काठमाडौंबाट पोखरा, बुटवल, गोरखा, दोलखा, हेटौँडा, नारायणगढ, इटहरी, धनगढी, लमजुङ्ग, रामेछाप, धादिङ-त्रिशुली, चौतारा, र सिरहा–राजविराज जाने तथा उपत्यका भित्र आउने गरी निःशुल्क बस सेवा सञ्चालन भइरहेको सेनाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्