Banner News

मधेशका सम्पूर्ण गल्ली गल्लीका सडक मुख्य सडकसम्म पुग्छ : मन्त्री महासेठ



असोज ३१, धनुषा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले चार वर्षभित्र मधेशका सम्पूर्ण गल्ली गल्लीका सडकहरु मुख्य सडकसम्म जोड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित रजौलमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले मधेशको विकास नभएसम्म समग्र देशको विकास सम्भव नरहेको बताउनुभयो ।

मन्त्री महासेठले आगामी डिसेम्बरदेखि जयनगरदेखि जनकपुरसम्म रेल सेवा नियमित रुपमा सञ्चालन हुने र आगामी चार वर्षभित्र पूर्व पश्चिम रेल सञ्चालन हुने बताउनुभयो । त्यस्तै उहाँले सरकारले पानी जहाज चलाउने जनतासँग गरेको प्रतिबद्धता पनि आगामी एक वर्षभित्र पूरा हुने धारणा व्यक्त गर्नुभयो ।