राजनीति

सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन, नागरिकमा निराशा : पूर्वप्रधानमन्त्री खनाल



असोज ३१, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता, पूर्वप्रधानमन्त्री झलनाथ खनालले बर्तमान सरकारले जनअपेक्षा अनुसार सरकारले काम गर्न नसकेको बताउनुभएको छ ।

काठमाडौंमा आज आयोजित शुभ–कामना आदान–प्रदान कार्यक्रममा खनालले महंगी नियन्त्रणमा ठोस काम नगर्दा उपभोक्ता मारमा परेको र विकास निर्माणका गतिविधि पनि सुस्त हुँदा शक्तिशाली भनिएको सरकार पनि उस्तै रहेछ भन्ने सन्देश जान थालेको तथा सरकार साना विषयमा अल्झिदा नागरिकमा निराशा बढेको बताउनु भयो ।

सीमित कमजोरी सुधार्दै जनविश्वास कायम राख्न सरकारले भूमिका बढाउनु पर्ने उहाँको सुझाव थियो ।