असोज ३१, काठमाडौँ । नेपालीहरुको महान चाडका कारण काठमाडौँ उपयकाबाट दशैँ मनाउन २२ लाख भन्दा बढी यात्रु बाहिरिएसँगै काठमाडौँ उपत्यका सुनसान बन्न थालेको छ ।
महानगरीय ट्राफिक महाशाखाका अनुसार विगत चार दिनको अवधिमा सो सङ्ख्यामा यात्रु बाहिरिएका हुन् । टाढाटाढाका यात्रु बाहिरिए पनि काठमाडौँ आसपासका सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, धादिङलगायत जिल्लाका सर्वसाधारण आज पनि काठमाडौँबाट बाहिरिदै गरेको महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक वसन्त पन्तले जानकारी दिनुभयो । दशैँभर काठमाडौँबाट करीब २४ लाख मानिस बाहिरिने उहाँको भनाइ छ ।










प्रतिक्रिया दिनुहोस्