कार्तिक १, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल रेडक्रसले विपद्को समयमा गरेको सहयोग अतुलनिय रहेको बताउनुभएको छ ।
नेपाल रेडक्रस सोसाइटी झापाको स्वर्ण महोत्सवलाई सम्वोधन गर्दै उहाले सरकारको सहयोगीका रुपमा काम गरिरहेको बताउनु भएको हो ।
उहाले विपद् आईपरेको अवस्थामा कुनै पनि जातपात नहेरी मानविय सहयोग गर्ने भएकाले रेडक्रसको महत्व झनै भएको उहाको भनाई थियो । प्रधानमन्त्री ओलीले भन्नुभयो ‘अरुअरु अनेक ढंगले साम्प्रदायिक कुरा गर्दछन् तर, रेडक्रसले कुनै साम्प्रदायिक कुरा सोच्दैन । कुन जात, कुन धर्म केही हेर्दैन् । मानवियता, वन्धुत्वको भावनामा काम गर्दछ ।’
प्रधानमन्त्री ओलीले चाडबाडले सबैलाई एकताको सुत्रमा बाधेको बताउदै दसैंमा दिने आर्शिवाद तथा मान्यजनलाई गरिने सम्मान र आदरको बेग्लै महत्व रहेको बताउनु भयो ।










प्रतिक्रिया दिनुहोस्