कार्तिक २, काठमाडौँ । प्रमुख प्रतिपक्षिदल नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले देश विकासको क्रममा मतभेद भएमा त्यसलाई विर्सेर देशको सर्वाङ्गिण हितमा संलग्न हुनुपर्ने बताउनुभएको छ ।
काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री देउवाले नेपालीहरुको महान पर्व विजया दशमीको शुभकामना व्यक्त गर्दै एकता, मेलमिलाप र सद्भावका रुपमा मनाइने विजया दशमी मनाउनुपर्नेमा जोड दिनुभएको छ ।
आफ्नो र पार्टीका तर्पmबाट स्वदेश तथा विदेश जहाँ रहनु भएको भए पनि सम्पूर्ण नेपाली दाजु–भाइ तथा दिदी–बहिनीहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभ–कामना व्यक्त गर्नुभएको छ ।










प्रतिक्रिया दिनुहोस्