राजनीति

नेकपा सचिवालयको बैठक : समसामयीक विषयमा छलफल हुने



कार्तिक ३, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक तीन सातापछि भोलि बस्ने भएको छ ।

स्थायी कमिटीको बैठकमा पार्टी र सरकारको समीक्षा तथा पार्टी एकीकरणको विषयमा छलफल हुने बताइएको छ । त्यसैगरी, सरकारले जनभावना र मर्म अनुसार काम गर्न नसकेको र जनगुनासो चुलिएको भन्दै सरकारको कामको गम्भीर समीक्षा हुने पनि सचिवालयले जनाएको छ ।

पार्टीभित्र प्रदेशको इन्चार्ज र सचिव तथा माधव कुमार नेपालको लिखित असन्तुष्टि लगायतका विविध कुराहरुमा छलफल हुने स्रोतले बताएको छ । त्यस्तै कात्तिक १३ र १४ गते स्थायी कमिटीको बैठक बोलाइएको छ ।