कार्तिक ४, सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–३ कट्टीमा करेन्ट लागेर शनिबार साँझ एक बालकको मृत्यु भएको छ ।
आफ्नै फूलबारीमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर स्थानीय १४ वर्षीय उमेशकुमार साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।
उपचारको क्रममा उनको मृत्यु भएको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्