प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री मोहन बहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाएर लोकतान्त्रिक मूल्य र मान्यतामाथि नै प्रहार गरिरहेको आरोप लगाएका छन् । याे खबर अाजकाे नागरिक दैनिकमा छ।
शनिबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा नेता बस्नेतले वर्तमान सरकार दुई तिहाई दम्भको आधारमा समाजमा ताण्डब नृत्य देखाइरहेको आरोप लगाए।
‘सरकार पूर्ण रुपमा असफल भएको छ भन्ने कुरा जसले यो सरकारलाई समर्थन गर्नुभएको छ, उहाँहरुले पनि यो कुरा भनिसक्नुभएको छ । देशमा अहिले शान्ति, सुरक्षाको अवस्था दयनीय छ। दशैंजस्तो चाडको बीचमा महँगी अत्यधिक बढेको छ। बलात्कारको घट्ना सबैभन्दा बढी यो अवधिमा भएको छ,’ उनले भने, ‘बलात्कारीहरुलाई पत्ता लगाउनुको साटो सरकारले प्रमाणहरु लुकाउने काम गर्यो जतिवटा छानबिन आयोग गठन भए पनि अहिलेसम्म गहिराई त परै जाओस् सतहीमा पनि पुग्न सकेको छैन्। किनभने जसले छानबिन गर्नुपर्ने हो, उनीहरुले घट्नामा मुछिएका छन् भन्ने कुरा बाहिर आएका छन् ।’










प्रतिक्रिया दिनुहोस्