सम्पादकीय

शिक्षाशास्त्र संकायको पढाइ अाैचित्यहीन भन्दै रोक्ने योजनामा शिक्षामन्त्री



शिक्षा संकायको पढाई औचित्यहिन बन्दै गएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलले तत्कालको लागि शिक्षा संकायको पढाई रोक्नु पर्ने धारण अघि सारेका छन् । अन्नपूर्ण पाेस्टबाट ।

शनिबार महोत्तरीको गौशाला नगरपालिकाले आयोजना गरेको उच्चा शिक्षा विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले शिक्षा संकाय वेरोगजार उत्पादन गर्ने उद्योग मात्र रहेको टिप्पणी गरे । मन्त्री पोखरेलले शिक्षक उत्पादन गर्ने ‘उद्योग’ अर्थात् शिक्षा संकायको पाठ्यक्रम र पठनपाठनमै कमजोरी रहेको बताउदै अब ‘उद्योग’ नै परिवर्तन गरेर सार्वजनिक शिक्षामा रुपान्तरण गर्नुपर्ने बताए।

देशमा ७ लाख वेरोजगार शिक्षक रहेको उल्लेख गर्दै भने, ‘शिक्षा संकाय पढाई भन्दा देशशलाई प्राविधिक शिक्षाको अवश्यकता छ। समृद्ध देश बनाउन उत्पादन मुलक शिक्षा अहिलेको आवश्यकता रहेको उनले औंल्याए। समुदायिक विद्यालयमा प्राविधिक शिक्षाको पढाई सुरु गरिएको उनले बताए।

‘दश प्रतिशत मात्र पढाई प्राविधिक शिक्षातर्फ भइरहेको छ,’ मन्त्री पोखरेलले भने, ‘मावि पढेर विद्यार्थी विद्यालयबाट बाहिर निस्किएपछि अब उनीहरुसँग हातमा सीप हुनैपर्छ ।’ देशभरिको ३१ हजार विद्यालय मध्य २ सय ५४ वटा विद्यालयमा प्राविधिक शिक्षातर्फको पढाई सुरु गरिएको बताए ।