समाचार

१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ४ पक्राउ



कात्तिक ५, सिरहा । बलात्कार गरेको आरोपमा सिरहाबाट ४ जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय वरियापट्टीले १६ वर्षीया किशोरी  बलात्कृत भएको उजुरीपछि ४ जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा काशीनाथ सिंह, मुकेश सहनी, उगन सहनी र विजयकुमार यादव छन् ।

होटलमा काम गर्दै आइरहेकी किशोरीमाथि आइतबार राति १० बजे बलात्कार भएको बताइएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।