समाचार

पिङ खेल्ने क्रममा लडेर एक बालिकाको मृत्यु



कात्तिक ५, सिन्धुली । सिन्धुलीमा पिङबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।

कमलामाई नगरपालिका(६ राममाडीको  ५ वर्षकी रिषा नेपालीको सोमबार पिङ खेल्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

पिङ खेल्ने क्रममा लडेर बेहोस भएकी उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।