कार्तिक ६, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा लगाइएको कर्फ्यु मंगलबार ६ घण्टाका लागि हटाइएको छ ।
मंगलबार बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि कर्फ्यु हटेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।
रातको समयमा सुरक्षा संवेदनशीलता बढी अपनाउनु पर्ने भएकाले कर्फ्यु लगाउनु परेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । कृष्णनगरमा दुर्गा पूजाको मूर्ति बिसर्जन गर्ने क्रममा गएको शुक्रबार दुई पक्षबीच विवाद भएको थियो ।










प्रतिक्रिया दिनुहोस्