समाचार

एनआरएनएका मध्यपूर्व संयोजक शर्मा ‘आरके’ कतारमा पक्राउ



कात्तिक ६, काठमाडौं । एनआरएनएका मध्यपूर्व संयोजक राजेन्द्रकुमार शर्मा ‘आरके’ कतारमा पक्राउ परेका छन् ।

 एनआरएनएका अनुसार उनलाई सुन कारोबारको अनुसन्धानका लागि  चार दिनअघि कतारको प्रहरीले पक्राउ गरेको जनाएको छ ।

 शर्मालाई कसैसँग पनि भेट्न नदिएपछि एनआरनएले उनको रिहाइका लागि पहल थालेको बताइएको छ ।