समाचार

अख्तियारद्वारा वैदेशिक रोजगार विभागका २५ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर



कात्तिक ९, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका २५ जना कर्मचारीसहित २७ जनाविरुद्ध बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नक्कली कागजात बनाएर रोजगारीका लागि कुवेत जान चाहने १८४ जना महिलालाई भिसाविनै श्रम स्वीकृति दिएको अभियोगमा अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनिहरले  २५ अगष्ट २०१७ देखि २५ अक्टोबर २०१७ सम्म श्रम स्वीकृति प्रदान गरिएकामध्ये १८४ महिलालाई नियम उल्लघंन गरी गलत लगत बनाएको पाइएको छ ।

गलत कागजातका आधारमा श्रम स्वीकृति लिएर कुवेत गएका ती महिला कुवेत पुगेपछि शोषणमा परेका थिए ।