कार्तिक ९, एजेन्सी । इथियोपियामा पहिलो पटक महिला साहले वर्क ज्वदे राष्ट्रपति चयन भएकी छन् ।
इथियोपियाका दुवै संसदले बिहीबार साहले वर्क ज्वदेलाई नयाँ राष्ट्रपतिका रूपमा निर्वाचित गरेको हो । नयाँ राष्ट्रपति ६८ बर्षीय ज्वदेले बिहीबार नै सपथ ग्रहण गरेकी छन् ।
राष्ट्रपतिमा निर्वाचित भएपछि उनले सबै जनतालाई एकताको सुत्रमा बाँध्ने काममा आफुले जोड दिने बताएकी छन् ।
प्रतिक्रिया दिनुहोस्