Banner News

नाफा कमाउने कम्पनीमा आँखा लाग्ने रहेछ : अर्थमन्त्री खतिवडा



कार्तिक ११, काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले अहिले नेपाल क्लिएरिङ हाउस र निक्षेप तथा कर्जा सुरक्षण कोषले राम्रो नाफा गर्दै गएकाले सरकारको त्यसमा आँखा लागिरहेको बताएका हुन् ।

अर्थमन्त्री खतिवडाले भने, ‘एनसिएचएललमा (नेपाल क्लिएरिङ हाउस) ५० औ अर्बको कारोबार हुन थालेको छ । धेरै कमाउन थालेपछि सरकारको आँखा लाग्ने रहेछ । अब यिनीहरुले सरकारलाई बढी कर तिर्नुपर्छ कि त सेवाको शुल्क घटाउनुपर्छ । यसको समाधान खोज्नुपर्ने बेला आएको छ ’।

कार्डलेस सेवामा जाने हो भनेपनि शुल्क घटाउनुपर्ने उनको तर्क छ । प्रविधिको विस्तार व्यापक भएको भन्दै उनले अबको कारोबार शुन्य लागतमा गर्नुपर्ने उल्लेख गरेका छन ।

बैंक र मोबाइल कम्पनी बिचमा कसले बजार छिटो बढाउने भन्ने प्रतिस्पर्धा छ । मोबाइल कम्पनीहरु धेरै स्मार्ट छन् । उनीहरुले ब्यालेन्स ट्रान्सफरमा बैंकहरुलाई जितिसके अब बैंकहरुपनि कस्सिनुपर्छ । भुक्तानी सेवा बैंकहरुले गर्नुपर्छ ।’