कात्तिक ११, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा एक्स्पर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई ७८ रनले पराजित गरेको छ ।
धनगढी ब्लुजले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको विराटनगर १६ ओभर ४ बलमा १ सय ४ रन बनाउँदा अल आउट भएको हो ।
सुनिल धमलाले १४ बलमा २१ रन, मोहम्मद जैद आलमले २१ बलमा १९ रन, एन्ड्यु सुबिकसनले १७ बलमा १८ रन, सन्दीप लामिछानेले १८ बलमा १० रन बनाए । धनगढीका लरेन्सले तीन, दिपेन्द्रसिंह ऐरीले दुई साथै रोबिन क्षेत्री, कमल ऐरी र ट्रेगोले एकरएक विकेट लिए ।
सौरभ खनालले १३ बलमा नै ४१ रन जोडे । सन्दीप जोराले १२ र मन्जित श्रेष्ठले एक रन बनाए । बलिङतर्फ विराटनगरका जितेन् मुखियाले चार विकेट लिए । योसँगै विराटनगरले लगातार दोस्रो खेल हारेको छ भने धनगढीले पहिलो खेल जितेको छ ।










प्रतिक्रिया दिनुहोस्