कात्तिक ११, काठमाडौं । राजधानी लगायत देशभर चिसो बढेको छ । काठमाडौंको तापक्रम भने ८ डिग्री सेल्सियस रहेको छ
आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलब शून्य डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसोको समयमा भने तापक्रम केही बढीर अधिकांश तापक्रम आइतबार २५ डिग्रीसम्म पुग्ने प्रक्षेपण गरेको छ ।
अहिले जुम्लाको न्यूनतम तापक्रम शून्य दशमलब सात र अधिकतम तापक्रम १९ दशमलब ६ डिग्री सेल्सियस छ । दाङको न्यूनतम तापक्रम भने ११ दशमलब पाँच डिग्री र अधिकतम तापक्रम २९ दशमलब चार डिग्री सेल्सियस मापन गएिको छ । धनकुटाको अधिकतम तापक्रम २६ दशमलव एक र न्युनतम तापक्रम १२ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । पोखराको अधिकतम तापक्रम २६ दशमलव पाँच र न्युनतम तापक्रम १२ दशमलब दुई डिग्री सेल्सियस छ ।










प्रतिक्रिया दिनुहोस्