कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ बर्षिय निर्मला पन्तको बलात्कार पछि हत्याकाण्डको अनुसन्धानमा लार्पबाही गर्ने डिएसपीद्वय अंगुर जिसी र ज्ञान बहादुर सेठीको टिमलाई पनि बर्खास्ती गर्न अधिकारकर्मी र निर्मलाका अभिभावकले माग अघि सार्नुभएको छ । नेपाल समाचारपत्रमा छ ।
निर्मलाको शव उखुबारीमा फेला परेकै दिन तत्तकालिन कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सेठीकै उपस्थितिमा प्रमाण नष्ट भएको र केन्द्रीय अनुसन्धान ब्यूरोका अर्का डिएसपी जिसीले अनुसन्धानमा गम्भिर लापरबाही गरेकाले दुवैलाई बर्खास्तीको माग अघि सारेका हुन् ।
अधिकारकर्मी र निर्मलाका अभिभावकले घटनामा तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट र वडा प्रहरीका प्रमुख ईन्सपेक्टर जगदिश भट्टको मात्रै दोष नभएकाले घटनाको अनुसन्धानमा संलग्न सबै प्रहरी अधिकृत एवं कर्मचारीले लापरबाही गरेकाले उहाँहरुमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएकाे छ।
शव फेला परकै दिन निर्मलाको शुरुवाल पखाल्नेदेखि निर्दोष दिलिप विष्टलाई फसाउनका लागि उनको घरबाट कमिज खल्ती च्यातेर ल्याउन लगाउने अधिकृतलाई कानुनी दायरामा नल्याएसम्म एकदुई जनालाई बलीको बोके बनाएर दोषि पत्ता नलाग्ने अधिकारकर्मीको ठोकुवा छ । अधिकारकर्मीले घटनालाई तोडमोड गर्नका लागि दुईजना प्रहरीलाई मात्रै बर्खास्ती गरेर जनताको आँखामा छारो हाल्ने काम गरेको आरोप लगाएका छन् ।










प्रतिक्रिया दिनुहोस्