दशैपछि संवैधानिक इजलास वस्न सकेको छैन । संवैधानिक इजलास नियमित हुन नसक्दा संवैधानिक प्रकृतिसंग जोडिएका मुद्दाहरुको सुनुवाई प्रकृयामा ढिलाई भएको हो । न्यायाधीश दिपककुमार कार्की अमेरीका रहेकाले इजलास नबसेको खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।
सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेल भने – ‘इजलासका लागि पाँचै जना श्रीमान हुनुपर्छ । उहाँ बाहीर भएकोले पनि इजलास नबसेको हो । अर्को कुरा दशैँ पछि मङगलबार र बुधबार पनि परेको छैन ।’
संवैधानिक इजलास हप्ताको दुई दिन मङगलबार र बुधबार मात्र बस्ने गरेको छ । प्रधानन्यायाधीशसहित सो इजलासका अरू न्यायाधीशहरुले अन्य मुद्दा पनि हुनुपर्ने भएकाले संवैधानिक विषय हेर्न हप्ताको दुई दिन छुट्याइएको हो । उक्त इजलासमा संवैधानिक विवादका २२३ वटा मुद्दा सुनुवाइ हुन बाँकी रहेको सर्वोच्चले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्