Banner News

राष्ट्रपति भण्डारी कतार भ्रमणका लागि प्रस्थान, उपराष्ट्रपति पुनद्वारा विदाइ



कात्तिक १२, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी कतार भ्रमणका लागि प्रस्थान गरेकी छन् ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपति भण्डारीलाई विदाइ गरेका छन  ।

कतारका अमिर सेख तमिम विन हमाम अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी कतार प्रस्थान गरेकी हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले १५ गतेसम्म कतारको भ्रमण गर्ने तालिका रहेको छ ।