कात्तिक १२, नवलपरासी । नवलपरासीमा साथी हत्याको आरोपमा ५ जना कारागार चलान गरिएको छ ।
विनयी त्रिवेणी गाउँपालिका १ मा असोज ३ गते राति भएको रुपेश महतोको हत्याका ५ जना अभियुक्तलाई कारागार चलान गरिएको जनाएको छ ।
विनयी त्रिवेणी २ का १९ बर्षीय मनोज जमरकट्टेल, २१ बर्षीय य सुरज काउसा मगर, २२ बर्षीय दिपेन रोक्का मगर, १९ बर्षीय सागर थापा क्षेत्री र सन्तोष बुढामगर जिल्ला अदालतको आदेशमा कारागार चलान भएका हुन् ।
उनीहरुमाथि रुपेशलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोप रहेको छ ।










प्रतिक्रिया दिनुहोस्