समाचार

बस र टिपर ठोक्किदा ३ जनाको मृत्यु, ३३ घाइते



कात्तिक १२, बुटवल ।  कपिलवस्तुको बुद्धभूमि नगरपालिका – २ गोरुसिंगेमा बस र टिपर ठोक्किदा ३ जनाको मृत्यु र ३३ जना घाइते भएको छ ।

मृत्यु हुनेमा दाङ गढवाकी २५ वर्षीया पूजा सुनार, ४ वर्षीय सुशान्त सुनार र नाम ठेगाना नखुलेका अन्दाजी ४० वर्षका एक पुरुषको मृत्यु भएको प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

दाङबाट बुटवल आउँदै गरेको ना६ख २५०० नम्बरको बस र विपरीत दिशामा आइरहेको लु२ख १४७७ नंम्बरको टिपर एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

३३ जना घाइतेहरुको बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।