विश्व

बंगलादेशको पूर्वप्रधानमन्त्री जियालाई ७ वर्ष जेल सजाय



कार्तिक १२, एजेन्सी । बंगलादेशको अदालतले पूर्वप्रधानमन्त्री खालिदा जिया र अरु तीन जनालाई भ्रष्टाचार मुद्दामा सात वर्षको जेल सजाय सुनाएको छ ।

सोमबार न्यायाधीश अख्तरुजजामनले फैसला सुनाएका हुन् । उनलाई १० लाख टका जरिवाना पनि तोकिएको छ । पूर्वप्रधानमन्त्री जिया फेब्रुअरीदेखि भ्रष्टाचारको अर्को मुद्दामा सुनाइएको ५ वर्षे जेल सजाय काट्दैछिन् ।