समाचार

यौन दुर्ब्यवहारविरुद्ध बालिका बचाऊ अभियानमा विद्यार्थी



कात्तिक १४, दैलेख। यौन दुव्र्यवहार र बलात्कारका घटना बढिरहेका बेला दैलेखको नारायण नगरपालका स्थित त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थी यौन दुब्र्यवहार विरुद्ध बालिका बचाऊ अभियानमा जुटेका छन् ।

छ देखि १० कक्षासम्म अध्ययनरत बालिकाले सात सदस्यीय समिति गठन गरी बिद्यार्थीहरु एकताबद्ध भएका हुन् । अभियानले बालिका जोखिमका कारण, यसको अवस्था र जोखिमबाट बच्ने बच्ने उपायका बारेमा विद्यालयमा प्रशिक्षण दिइएको थियो ।

बालिका सम्भावित यौन हिंसा तथा बलात्कारबाट बच्ने उपाय बारे कराते प्रशिक्षक खगेन्द्र सिंहले प्रशिक्षण दिनुभएको थियो ।

दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले बालिका बचाऊ अभियानले यौनजन्य तथा बलात्कारका घटना हुनै नदिनमा सहयोग पु¥याउने बताउँदै यौन हिंसा र बलात्कारविरुद्ध बालिका नै जागरुक हुनु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

अभियानकी संयोजक सजना सुनारले नारायण नगरपालिकालाई लक्षित गरिएको अभियान जिल्लाव्यापी बनाउन यहाँका ११ वटै स्थानीय तहसँग समन्वय गर्ने जानकारी दिनुभयो ।