कात्तिक १६, पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विकास निर्माणका कार्यमा ढिलाई तथा समय गुजार्ने जो कोहीलाई सरकारले कडा कारवाही गर्ने चेतावनी दिनुभएको छ ।
निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज निरीक्षणका क्रममा वरिष्ठ नेता नेपालले विमानस्थल तोकिएकै समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।
सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति र पर्यटन तथा नागरिक उड्डयन अध्ययन अनुगमन उपसमितिका संयोजक समेत रहनुभएका नेता नेपालले विमानस्थलको हालसम्मको काम भने सन्तोषजनक भएको र तोकिएको मिति २०२१ जुलाइमा पूरा गर्नेतर्फ कार्य अघि बढाउनुपर्छ भन्नुभयो ।
त्यस्तै उहाँले आजै फेवातालको समेत निरीक्षण गर्नुभएको छ । निरिक्षणका क्रममा नेता नेपालले फेवाताल नेपालको मात्र नभई विश्वको नै आकर्षक र मनोरम बोकेको पर्यटकिय स्थाल भएकाले यसको संरक्षणमा विशेष योजनाका साथ अघि वढ्नुपर्नेमा जोड दिनुभयो । प्राकृतिक सुन्दरता मात्र नभई फेवाताल देशको आर्थिक उन्नतीको प्रमुख पर्यटकिय क्षेत्र भएकाले यसको विकास र विस्तार गर्नुपर्ने जरुरी रहेको नेता नेपालले बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्