प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई अपमान गरेको भन्दै विवादमा तानिएका प्रदेश ३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित बर्खास्त गरिएको छ । यो समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।
मुख्यमन्त्री पौडेल र मन्त्री केशव स्थापितको भनाइ
सबैसँग छलफलपछि बर्खास्त गरेको हुँ
‘मैले प्रधानमन्त्रीदेखि पार्टी नेतृत्व र प्रदेशका सबै मन्त्रीसँग छलफल गरेरै निर्णय लिएको हुँ । उहाँ ९स्थापित० को व्यवहार र अपशब्द प्रयोगका कारण निर्णय लिन बाध्य भएको हुँ ।’ डोरमणी पौडेल, मुख्यमन्त्री
आधिकारिक जानकारी पाएको छैन
‘मलाई आधिकारीक जानकारी छैन । शुक्रबार साँझसम्म पनि आधिकारीक पत्र, म्यासेज, इमेल वा फोन केही आएको छैन । आधिकारिक जानकारी पाएपछि प्रधानमन्त्रीसँग छलफल गर्छु । राजनीतिमा यस्तो उतारचढाव भइरहन्छ, मैले सामान्य रुपमा लिएको छु ।’ केशव स्थापित, निवर्तमान मन्त्री










प्रतिक्रिया दिनुहोस्