समाचार

जनकपुरको एक होटेलमा भारतीय नागरिक मृत फेला



कार्तिक १८, जनकपुर ।  जनकपुरको  एक होटेलमा  भारतीय नागरिक मृत अबस्थामा  फेला परेको छ ।

भारत विहार राज्य मुजफ्फरपुर लक्ष्मीपुर बेलाही बस्ने ६५ बर्षका जितेन्द्र यादव मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मृतक यादवको शव पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । उक्त घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।