समाचार

तिहरको आज दोश्रो दिन : कुकुरको पूजा गरी मनाइँदै



कात्तिक २०, काठमाडौँ । नेपालीहरुको महान् चाड यम पञ्चकको दोश्रो दिन, आज कुकुर तिहार, कुकुरको पुजा गरि मनाइदै छ ।

आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने विश्वास समेत रहेको छ । प्रत्येक वर्ष कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिन्छ । सबै नेपालीका घर(आँगनमा कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा(मीठा खानेकुरा खुवाउँदै पूजा गरी मनाइँदै छ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी खानेकुरा खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वास रहेको छ ।

सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँंग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख गरिएको पाइन्छ ।

आजका दिन पाप नाश गर्न तथा नरकलाई खुशी पार्न नर्के नुहाउने चलन छ । नुहाइसकेपछि दीपदान गर्ने तथा आलसको बोट बालेर आगो ताप्ने प्रचलन रहिआएको छ ।