सरकारले भाटभटेनी सुपरमार्केटको दुधजन्य खाद्य बस्तु विक्रीवितरणमा रोक लगाएको खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।
सुपरमार्केटको दुधजन्य बस्तुमा अखाद्य वस्तु भेटेपछि बिक्री बितरणमा लगाइएको हो । समाचारका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले बुधबार दिउँसो महाराजगंजस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेको थियो ।
अनुगमनबाट भाटभटेनी सुपर मार्केटबाट विक्री हुने दुधजन्य खाद्य बस्तु गुणस्तरहीन भएको पाइएपछि त्यसलाई रोक लगाइएको विभागका महानिर्देशक संजीवकुमार कर्णले जानकारी दिनुभयो ।










प्रतिक्रिया दिनुहोस्