कार्तिक २२, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता जेफ सेसन्सलाई बर्खास्त गरेका छन् ।
सेसन्सलाई हटाएर प्रमुख स्वकीय सचिव म्याथ्यू ह्वीटेकरलाई अस्थायी जिम्मेवारी दिएको बुधवार ट्रम्पले ट्वीटरमार्फत जानकारी दिएका छन ।
यसअघि सेसन्सले राष्ट्रपति ट्रम्पको आग्रहमा राजीनामा दिन लागेको बताएका थिए ।ट्रम्पले ट्वीटरमार्फत् जेफ सेसन्सलाई सेवा गरेकोमा धन्यवाद दिएका छन् । सेसन्सले पनि राष्ट्रपति ट्रम्पप्रति आभार व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्