कात्तिक २२, बुटवल । बुटवलमा प्रहरीले जुवाखालबाट पाँच लाख दुई हजार रुपैयाँ सहित ७६ वर्षीय वृद्ध र २१ जनालाई पक्राउ गरेको छ ।
गएराति १२ बजे तिलोत्तमामा केशब न्यौपानेको घरमा तास खेलिरहेको अबस्थामा प्रहरीले छापा मार्दा सोहि स्थानका ४२ वर्षीय अमृत बस्याल, ३५ वर्षीय तिलक भुसाल, ४० वर्षीय चक्र पाठक, ४५ वर्षीय कमल पाठक, ४१ वर्षीय हरि पौडेल, १८ वर्षीय नितेष न्यौपाने, ५५ वर्षीय तुल्सीराम कडेल, ३८ वर्षीय मुकेश पाण्डे र ७६ वर्षीय शिबलाल कँडेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
रुपन्देहीको तिलोत्तमा ९ तीननम्बरमा तास खेलिरहेका १० जनाबाट ४ लाख २६ हजार २ सय, रुपन्देहीकै देवदह ३ सूर्यपुराबाट ५ जनासहित ७२ हजार ७३० र देवदहकै भवानीपुरबाट ३ हजार ८२५ रुपैयाँसहित ६ जना पक्राउ परेका छन् ।
प्रहरी चौकी खैरेनीले रुपन्देही देवदह ३ का लोकराज भारतीको घरमा जुवा खेलिरहेका ५ जना र देवदहकै भवानीपुरबाट ६ जनालाई पक्रेको छ ।
पक्राउ परेका ब्यक्तिहरु इलाका प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बुटवलमा राखिएका छन् ।










प्रतिक्रिया दिनुहोस्