कार्तिक २२, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वत्का प्रवर्तक,राष्ट्रिय विभूति शङ्खधर शाख्वाः न्याय र समानताका अभियन्ता भएको बताएका छन ।
नेपाल संवत् ११३९को अवसरमा सम्पूर्ण नेपालीहरुलाई सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना दिदै शाख्वाः न्याय र समानताका अभियन्ता भएको बताएका हुन ।
प्रधानमन्त्री ओलीले शाख्वाः कै योगदानले नेपालको मौलिक संवत् नेपाल संवत् प्रचलनमा आएको बताउँदै प्रधानमन्त्रीले उनको योगदान आज पनि नेपाली समाजमा उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरेका छन ।
“शंखधर शाख्वाःले ११३९वर्ष अघि ऋणमा बाँधिएका गरिब किसानहरूलाई आफ्नै सम्पत्ति खर्च गरेर ऋणबाट मुक्त गराएका थिए ।










प्रतिक्रिया दिनुहोस्