कात्तिक २३, नुवाकोट । तिहारमा देउसी भैलो खेल्न गएका नुकवाकोटको लिखुका पाँच बालिकाहरु वुधवारदेखि वेपत्ता भएका छन् ।
नुवाकोटको लिखु गाउँपालिका–३ पट्टावारीका ५ जना बालिका बेपत्ता भएका परिवारजनले बताएका छन् । वुधवार बेलुकी देउसी खेल्न गएका स्थानीय सृजना थापामगर, सम्झना थापामगर, सविना थापामगर, सामना थापामगर, रेमा थापामगर सम्पर्कमा नआएको भन्दै खोजीका लागि परिवारजनले जाहेरी दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्