समाचार

मन्त्री सेडाइको गाडी दुर्घटना : तीन घाइते



कात्तिक २४, धनगडी । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीको गाडी दुर्घटनामा परि तीन जना घाइते भएका छन् ।

बा२झ ३१२५ नं को स्कारपियो जिप गए राति कैलालीमा दुर्घटना भएको हो । मन्त्री सोडारी भने उक्त जिपमा सवार हुनुभएको थिएन । दुर्घटनामा परी जिपका चालक गोदावरी नगरपालिकाका धोजेन्द्र शाही, दश वर्षीया आयुश्मा शाही र से३प २४२० नं को मोटरसाइकलका चालक गौरीगङ्गा नगरपालिकाका सुरेन्द्र चन्द घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटनाबाट गम्भीर घाइते मोटरसाइकलका चालक चन्दलाई धनगढीको माया मेट्रो अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ । अन्य दुईको अवस्था सामान्य छ ।