विश्व

राष्ट्रपति मैत्रीपालद्वारा संसद भंग



कात्तिक २४, एजेन्सी । श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेनाले संसद भंग गर्ने आदेश दिनुभएको छ ।

उक्त आदेश शुक्रबार मध्यरातबाट लागू भएको छ । यो सँगै जनवरीमा आम चुनाव हुन हुने भएको छ । राष्ट्रपतिको आदेशविरुद्ध सर्वोच्च अदालतमा रिट पर्न गए उक्त चुनाव हुन नसक्ने बताइएको छ ।

प्रधानमन्त्रीबाट बर्खास्त गरिएका रनिल विक्रमासिंघेको पार्टी युनाइटेड नेशनल पार्टी ९यूएनपी०ले राष्ट्रपतिसँग यो निर्णय गर्ने शक्ति नरहेको बताएको छ ।

गत महिना राष्ट्रपति सिरिसेनाले विक्रमासिंघेलाई बर्खास्त गर्दै पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई नयाँ प्रधानमन्त्री बनाउनुभएको थियो ।