कात्तिक २४, काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका् विधान केही होइन, समापति नै सबैथोक हो भन्ने भावनाको विकासले काग्रेसको दुर्भाग्य भएको बताउनुभएको छ ।
लौह पुरुष गणेशमान सिहको १०४ औं जन्मजयन्तीको अवसरमा शोभाभगवतिमा आयोजित माल्यार्पण कार्यक्रममा गणेशमान पुत्र समेत रहेका सिंहले सभापति देउवाले जे मन लाग्यो त्यही गर्दै हिँडेको आरोप लगाउनुभएको छ ।
उहाँले पद, प्रतिष्ठा र कुर्सीका लागि जे सुकै गर्न तयार हुने आजको अवस्थामा प्रधानमन्त्रीको पद समेत त्याग गर्ने गणेशमानको जीवन मनन गर्न लायक रहेको बताउनुभयो । नेता सिंहले कांग्रेस लोकतन्त्र र प्रजातान्त्रिक प्रक्रियाका लागि लडेको कांग्रेस पार्टीभित्र आन्तरिक लोकतन्त्र कस्तो रहेको छ भन्ने पछिल्लो केन्द्रीय कार्यसमिति बैठकले प्रष्ट पारेको धारणा राख्नुभयो ।
प्रतिक्रिया दिनुहोस्