Banner News

जनआन्दोलन स्वर्ण पदकद्वारा कलाकार मह जोडी सम्मान



कात्तिक २४, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ‘जनआन्दोलन स्वर्ण पदक’बाट सम्मान गरिएको छ ।

नेता गणेशमान सिंहको १ सय ४ औं जन्मजयन्तीको अवसर पारेर ‘मह’ जोडीको श्रेष्ठ र आचार्यलाई उपराष्ट्रपति पुनले सम्मान गरेका हुन ।

शान्ति बाटिकामा आयोजित कार्यक्रममा जनआन्दोलन सहिद स्मृति प्रतिष्ठानले नेपालको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन महत्वपूर्ण योगदान दिएको भन्दै महजोडीलाई  ‘जनआन्दोलन स्वर्ण पदक’द्वारा सम्मान गरेका छन।