समाचार

प्राविधिक धिमालको ७२ वर्षको उमेरमा निधन



कार्तिक २५, काठमाडौं । पुराना फिल्म व्यवस्थापक गेहेन्द्र धिमालको ७२ वर्षको उमेरमा शुक्रबार बिहान हृदयघातका कारण निधन भएको छ।

सन् १९६० मा बलिउडमा प्रोडक्सन सहायकका रुपमा करियर शुरु गरेका धिमालले त्यसको चार वर्ष पछि अर्थात् सन् १९६४ मा नेपाली फिल्म ‘माइतीघर’मा सहायक प्रोडक्सन मेनेजरका रुपमा काम सुरु गरेका थिए ।

उनले नेपालमा छायांकन गरिएको फिल्म ‘जोनी मेरा नाम’, ‘हरे राम हरे कृष्ण’ सहित भारतीय फिल्म ‘महान’, ‘भवानी जङ्सन’, ‘जख्म’, ‘खुदा गवाह’ र ‘बुलन्द’मा पनि प्रोडक्सन कन्ट्रोलर र प्रोडक्सन मेनेजरका रुपमा काम गरेका थिए। धिमालले ‘इरी मलाई’, ‘मलायमारुतो’, ‘मिष्टर कार्तिके’, ‘यजमान’, ‘हेल्लो ड्याडी’, ‘श्री विद्या’ र ‘साहस भन्ताडु’ जस्ता दक्षिण भारतीय फिल्ममा पनि प्रोडक्सनको काम हेरेका थिए।