कात्तिक २५ , रौतहट । रौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा राजपुर घर भएका ५० बर्षका गिरीधारी साह रहेका छन । उनको छठपर्व विशेष कार्यक्रम गर्न मञ्च बनाउने क्रममा ११ हजार भोल्टको हाइटेन्सन लाइन माथिबाट जेनेटरको तार फाल्ने क्रममा आइतबार विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते साहलाई उपचारको लागि जिल्ला अस्पताल गौर तर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्