समाचार

झापाको भद्रपुरमा दुर्घटना हुदा एक जनाको मृत्यु, दुई घाइते



कात्तिक २६, झापा झापा भद्रपुरको  चारआली–केचनामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

बिहान १ः३० बजे मे ४ प ७७९५ नम्बरको मोटरसाइकलमा तीन जना सवार रहेकामा १ जनाको मृत्यु र  दुई गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा भद्रपुर–८ का २० वर्षीय किशोर प्रधान रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गम्भीर घाइते भएका 2 जना प्रताप तामाङ र आशिष राईको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।